काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको अवलोकन गरेका छन् ।

आइतबार दिउँसो नयाँ बानेश्वरस्थित बैंकको शाखा कार्यालय पुगेर उनलेले क्षतिग्रस्त बैंकका शाखाको अवलोकन गरेका हुन् ।

जेनजी आन्दोलनकर्ताहरुले भदौ २४ गते राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र आगजनी गरेका थिए । बैंकमा तोडफोड र आगजनीसँगै नगद रकमसमेत लुटपाट गरेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गभर्नर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले अवलोकन गरेको जनाएको छ । नयाँ बानेश्वर शाखाको अवलोकन गरी त्यहाँ भएको क्षतिको अवस्थाबारे जानकारी लिएको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार कति रकम चोरी भएको छ भन्ने विवरण संकलन भइरहेको छ ।