बैतडी,  बैतडीमा बसको ठक्करबाट एक महिलाको ज्यान गएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।

दशरथचन्द नगरपालिका–२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा वडा नं १ गुरुखोला निवासी ३३ वर्षीया भागरथी लुहारलाई महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिएको हो। दुर्घटनामा लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपककुमार रायले जानकारी दिए।

ADVERTISEMENT

घटनापछि मृतकका आफन्त र स्थानीयवासीले दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन्। सहमतिको लागि प्रहरी निरीक्षक बलराम पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।