काठमाडौं । नेपाल सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमाले सहकारी विभागका सदस्य डा खगराज शर्मालाई जिम्मा लगाएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।

प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र नेकपा एमाले सहकारी विभाग सदस्य डा खगराज शर्माको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका मध्येबाट सोमबारको मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो ।

ADVERTISEMENT

सिफारिस समितिले छनोट गरेको ३ जनामा पर्दा समेत उनले पार्टीको जिम्मेवारीबाट राजीनामा नदिएको स्रोत बताउँछ ।

सिफारिस समितिले पनि राजनीतिक दलको जिम्मेवारीमा रहेको व्यक्तिलाई जनाजान सिफारिस गरेको थियो । राजनीतिक पार्टीको जिम्मेवारीमा भएको व्यक्ति प्राधिकरणको अध्यक्ष बन्न मिल्ने देखिदैन ।

ADVERTISEMENT

आवेदनका क्रममा उम्मेदवारले राजनीतिक सदस्यता भएरनभएको स्वघोषणा गर्ने व्यवस्था छ । सिफारिस समितिले पनि यस्तो विषयलाई ध्यानमा राखेर सिफारिस गर्नु पर्नेमा त्यस्तो गरेको थिएन ।