मलेखु। बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग मंगलबार बिहान दुवै तर्फका सवारीका लागि सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार डोजर प्रयोग गरी पहिरो पन्छाइएपछि राजमार्ग खुलाइएको हो। तर तत्कालका लागि सडक सञ्चालन भए पनि जोखिम भने अझै कायम रहेको र नयाँ पहिरो थपिँदै जाने क्रम नरोकेको उनले बताएका छन्।
मार्ग खुल्नेबित्तिकै रोकिएका सवारी साधन आफ्ना गन्तव्यतर्फ लागेका छन्। सवारीको चाप उच्च भएकाले उक्त क्षेत्रमा ट्राफिक जामको समस्या देखिएको प्रहरीले जनाएको छ।






