काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ११ सयले बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि भदौ ३१ गते पनि यही मूल्यमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २६२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २५८० रुपैयाँमा कारोबार भएको थियो ।