जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन्। मंगलबार (फागुन १९) दिउँसो मिथिला नगरपालिका–९ बडहरी पुलमाथि अज्ञात वस्तु पड्किँदा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।

विस्फोटमा परी मिथिला–८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र आठ वर्षीय सुशील माझी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषा का डीएसपी गणेशबहादुर बमका अनुसार दुवैको अवस्था सामान्य रहेको छ।

ADVERTISEMENT

उक्त शंकास्पद वस्तु के थियो भन्नेबारे हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

यसैबीच धनुषा र महोत्तरी जोड्ने रातो पुलमा पनि अर्को शंकास्पद वस्तु फेला परेको छ। उक्त स्थानमा सुरक्षा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।