काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा आजदेखि सुरु हुन लागेको भारतको दुईदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५३ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेसँगै निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको सहभागिता पनि तय भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार सरकारी प्रतिनिधिमण्डलमा ३४ जना रहनेछन् भने निजी क्षेत्रका व्यवसायीहरू आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् ।
निजी क्षेत्रका प्रतिनिधिहरूले आफ्नो हवाई टिकट तथा होटल खर्च आफैं बेहोर्नेछन् । सरकारी टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी तथा पत्रकारहरू रहनेछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा रहनेछन् । प्रधानमन्त्री बनेपछि छिमेकी मुलुक भारतको यो उनको पहिलो राजकीय भ्रमण हो । उनी आज दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम छ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । साथै, नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम पनि रहेको छ ।
द्विपक्षीय वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत विषयमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा विभिन्न सम्पन्न परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकाससम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
नेपाल–भारत बिजनेस राउन्डटेबलमा निजी क्षेत्रको सहभागिता
भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत बिजनेस राउन्डटेबलमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूबीच व्यापार, लगानी तथा औद्योगिक साझेदारी विस्तारका विषयमा छलफल हुनेछ । उक्त कार्यक्रमको नेतृत्व नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र भारतका तर्फबाट भारतीय उद्योग परिसंघले गर्नेछन् ।
आइतबार साँझ आयोजना हुने रात्रिभोजसहितको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस भ्रमणमा नेपालको पूँजी बजार, ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, सवारीसाधन, औषधि उत्पादन, हस्तकला, तयारी पोशाक, कफी, गलैंचा तथा निर्यात क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
भ्रमणमा सहभागी ५३ उद्योगी–व्यवसायी
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार निजी क्षेत्रबाट विभिन्न व्यावसायिक संघ–संस्थाका अध्यक्ष, पदाधिकारी तथा उद्यमी गरी ५३ जना सहभागी हुनेछन् ।
१. अञ्जन श्रेष्ठ — अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)
२. भवानी राणा — पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
३. कृष्णप्रसाद शर्मा — उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
४. नरेशलाल श्रेष्ठ — उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
५. डा. गोपालप्रसाद तिवारी — महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ
६. सुनिता न्हेमाफुकी — कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
७. बटु लामिछाने — कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
८. उज्ज्वल श्रेष्ठ — कार्यसमिति सदस्य एवं सभापति, उद्योग समिति
९. सागर ढकाल — कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
१०. निरज काफ्ले — सदस्य, व्यापार समिति
११. शिवकुमार अग्रवाल — अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ
१२. वीरेन्द्रराज पाण्डे — अध्यक्ष, नेपाल उद्योग परिसंघ
१३. राजेशकुमार अग्रवाल — पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ
१४. निर्वाण चौधरी — वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ
१५. राजबहादुर शाह — प्रतिनिधि, नेपाल उद्योग परिसंघ
१६. कमलेशकुमार अग्रवाल — अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
१७. दीपककुमार मल्होत्रा — वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
१८. खिमनारायण पराजुली — अध्यक्ष, नेपाल उद्योग व्यापार महासंघ
१९. कुनाल कयाल — अध्यक्ष, नेपाल–भारत उद्योग वाणिज्य संघ
२०. सुनिल के.सी. — निवर्तमान अध्यक्ष, नेपाल–भारत उद्योग वाणिज्य संघ
२१. करण चौधरी — उपाध्यक्ष, नेपाल–भारत उद्योग वाणिज्य संघ
२२. मोहनकुमार डाँगी — अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल
२३. गणेश कार्की — निवर्तमान अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल
२४. पुष्कर पौडेल — प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल
२५. विभूषण विष्ट — उपाध्यक्ष, नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक संघ
२६. पशुपतिदेव पाण्डे — अध्यक्ष, गार्मेन्ट एसोसिएसन नेपाल
२७. अर्जुनकुमार श्रेष्ठ — प्रतिनिधि, नेपाल औषधि उत्पादक संघ
२८. शोभा गुरुङ — अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ
२९. गोविन्दप्रसाद घिमिरे — अध्यक्ष, नेपाल निर्यात व्यवसायी महासंघ
३०. सरोज श्रेष्ठ — उपाध्यक्ष, नेपाल कफी महासंघ
३१. रवीन्द्र शाक्य — अध्यक्ष, नेपाल हस्तकला महासंघ
३२. सुरेन्द्रकुमार उप्रेती — अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन
३३. विनायक शाह — अध्यक्ष, होटल एसोसिएसन नेपाल
३४. सागर पाण्डे — अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल
३५. भरतजंग पाण्डे — अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स
३६. दर्शना श्रेष्ठ — अध्यक्ष, महिला उद्यमी महासंघ नेपाल
३७. डिकिला शेर्पा लामा — सचिव, महिला उद्यमी महासंघ नेपाल
३८. बलराम गुरुङ — अध्यक्ष, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ
३९. सचिन ढकाल — उद्यमी
४०. नितेश मालपानी — उद्यमी
४१. कल्याण गुरुङ — उद्यमी
४२. टुकप्रसाद पौडेल — उद्यमी
४३. जीवानाथ लामिछाने — उद्यमी
४४. दिरेकलाल श्रेष्ठ — उद्यमी
४५. अनुप आचार्य — उद्यमी
४६. नरेश दास — उद्यमी
४७. यमुना श्रेष्ठ — उद्यमी
४८. विष्णुकुमार अग्रवाल — उद्यमी
४९. दिलीप अग्रवाल — उद्यमी
५०. सञ्जय काफ्ले — उद्यमी
५१. दीपक थापा — उद्यमी
५२. निकोलस पाण्डे — अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ
५३. राजनकुमार बन — उद्यमी












