काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा भने तुवाँलो र हुस्सु लागेको छ।

महाशाखाका अनुसार हिमाली भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

ADVERTISEMENT

त्यस्तै, आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली कायम रहनेछ। अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

ADVERTISEMENT

महाशाखाले तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा भोलि बिहान केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ।