काठमाडौं । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि आन्तरिक राजस्व विभागअन्तर्गतका कर कार्यालयहरू खुला रहने भएका छन् ।कात्तिक मसान्त करदाताका लागि महत्त्वपूर्ण समयसीमा भएकाले विभागले सार्वजनिक बिदाकै दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

कात्तिक मसान्तसम्म करदाताले गत आर्थिक वर्षको आय विवरण दाखिला गर्नुपर्नेछ । त्यस्तै, आर्थिक ऐन २०८३ ले प्रदान गरेका कर छुट तथा सुविधा उपयोग गर्ने पनि यो अन्तिम अवसर हो ।

ADVERTISEMENT

यसका अतिरिक्त बक्यौता फरफारक गर्ने तथा अन्तःशुल्क लाग्ने वस्तु निष्कासनसम्बन्धी काममा समेत विभागले सहजीकरण गर्ने जनाएको छ ।आन्तरिक राजस्व विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा सबै आन्तरिक राजस्व कार्यालयलाई पत्राचार गर्दै कार्यालय खुला राख्न निर्देशन दिएका छन् ।

ADVERTISEMENT

विभागले राजस्व संकलन गर्ने बैंकहरूसँग आवश्यक समन्वय गरी कार्यालय सञ्चालन गर्न र करदातालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।सरकारी बिदाका कारण करदाताले तोकिएको समयसीमाभित्र करसम्बन्धी दायित्व पूरा गर्न समस्या नहोस् भन्ने उद्देश्यले विभागले यस्तो व्यवस्था गरेको हो ।