काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम स्थगित गरेको छ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।रसुवा,नुवाकोट, धादिङ लगायतका स्थानमा बाढी र पहिरोका कारण हजारौँ मानिसको हताहती भएसँगै विभागले उपहार वितरण कार्यक्रमलाई रोकेको हो ।
विभागले आज (भदौ १६) गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज १ गते सञ्चालन गर्ने उल्लेख गरेको छ। ”असोज १ गते भदौ महिनाभरको खरिद बीजकहरुको कुपनहरूको दैनिक तथा बम्पर उपहार बिजेता छनौट गरिने छ” सूचनामा उल्लेख छ ।





