काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

ADVERTISEMENT

उनले छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने ऊर्जा प्रदान गरोस् भन्दै भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमा रहिरहोस् भन्ने कामना गरेका छन्।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले मैथिली भाषामा पनि छठको शुभकामना दिएका छन्। उनले ‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि’ भन्दै पर्वको शुभकामना व्यक्त गरेका हुन्।