काठमाडौं । नेकपा एमालेले मंसिरको पहिलो साता राष्ट्रिय भेला, स्थानीय तहका जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने भएको छ।

पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर २ र ३ गते काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला हुनेछ।

ADVERTISEMENT

त्यसपछि मंसिर ४ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ। भेलामा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

ADVERTISEMENT

त्यस्तै, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।