काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बिहान सवा ११ बजेदेखि छलफल सुरु भएको हो ।

ADVERTISEMENT

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद आइतबार (कात्तिक २९ गते) चीन भ्रमणमा जाँदै छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमण ११ दिनको हुनेछ ।

ADVERTISEMENT

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० सांसद सहभागी हुनेछन् ।

टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन् ।

भ्रमणका क्रममा सांसदहरूले बेइजिङ, हाङचाउ र सिचुवानलगायत चीनका विभिन्न सहरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।