काठमाडौं । नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन्।शुक्रबार भएको भेटमा नेपाल र भारतबीच पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य थप प्रगाढ बनाउने उपायबारे छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
भेटका क्रममा दुवै देशबीचको बहुआयामिक साझेदारीलाई थप अगाडि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको दूतावासले जनाएको छ। नेपाल र भारतबीच सडक, ऊर्जा, रेलमार्ग तथा अन्य पूर्वाधारका क्षेत्रमा सहकार्य हुँदै आएको छ। पछिल्लो भेटलाई पनि दुई देशबीच पूर्वाधार विकास र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।









