काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्सिने बानी नरहेको बताएका छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले आफूलाई तर्साउने धेरै आए पनि नडराएको बताएका हुन्।

ADVERTISEMENT

उनले लेखेका छन्, ‘अहिले ठिक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

ADVERTISEMENT

यसअघि आइतबार प्रधानमन्त्री बालेन शाहले फेसबुकमार्फत एक–दुई जना उम्किने सपना नदेख्न चेतावनी दिएका थिए। थापाको पछिल्लो अभिव्यक्ति प्रधानमन्त्री शाहको उक्त स्ट्याटसपछि आएको हो।