काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड Infinix ले नेपालकै पहिलो आधिकारिक ब्रान्ड स्टोर ललितपुरको पुल्चोकमा सञ्चालनमा ल्याएको छ।

दमकल नजिक स्थापना गरिएको स्टोरको नोभेम्बर १ (कात्तिक १५) मा Infinix नेपालका ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीले उद्घाटन गरेका हुन्।

ADVERTISEMENT

उद्घाटन समारोहमा Infinix का प्रतिनिधि, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति थियो। नयाँ स्टोरमार्फत ग्राहकले Infinix का पछिल्ला स्मार्टफोन प्रत्यक्ष अवलोकन तथा प्रयोग गर्न सक्नेछन्।

ADVERTISEMENT

साथै, स्मार्टफोनका प्रविधि र विशेषताबारे जानकारी लिनुका साथै आफ्नो आवश्यकता र बजेटअनुसारका उत्पादन छनोट गर्न परामर्शसमेत पाउने कम्पनीले जनाएको छ।

स्टोरमा आकर्षक डिजाइन, आधुनिक प्रविधि र कार्यक्षमतासहितका विभिन्न स्मार्टफोन उपलब्ध हुनेछन्। यसबाट ग्राहकलाई उत्पादनको विशेषता बुझ्न र खरिद गर्नुअघि प्रत्यक्ष अनुभव लिन सहज हुने कम्पनीको अपेक्षा छ।

नेपालमा पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याउनुलाई Infinix ले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ। कम्पनीले नवीन प्रविधि र नयाँ उत्पादनमार्फत नेपाली उपभोक्तासँगको सम्बन्ध थप बलियो बनाउने जनाएको छ।

Infinix विश्वव्यापी प्रविधि ब्रान्ड हो। कम्पनीले आधुनिक प्रविधि, आकर्षक डिजाइन र प्रयोगकर्ताको सहज अनुभवलाई प्राथमिकता दिँदै स्मार्ट उपकरण उत्पादन तथा बिक्री गर्दै आएको छ।