काठमाडौं । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नौ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । देशका विभिन्न स्थानका भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर पुरस्कारस्वरूप प्राप्त गरेका हुन् ।

अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन् । यसैगरी, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् ।

ADVERTISEMENT

अभियानको पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेतामध्ये जनकपुरका कौटिल्य कुमार सिंह र बिर्तामोडका तेजनारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । धरानका मनोज कुमार अधिकारी र वीरगन्जका रमेश बस्नेतले यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका छन् ।

ADVERTISEMENT

कम्पनीका अनुसार अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । यसबाहेक एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्राप्त गर्नेछन् ।

यसरी अभियानमा कुल ३६ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कार गरी ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने बाँकी २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन् ।

‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने सन्देशसहित सञ्चालन भइरहेको अभियानले उपभोक्तालाई पुरस्कार र अविस्मरणीय अनुभव प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।