काठमाडौं । सरकारले भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन गर्ने भएको छ । जाडोयाम सुरु भएसँगै सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएका हुन् ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम हुनेछ ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । नयाँ व्यवस्थासँगै दैनिक कार्यालय समय एक घण्टा घट्नेछ ।









