काठमाडौं । यस दसैँमा MAX TIGER ENERGY DRINK को ‘Energized Dashain Dhamaka 2026’ अभियानअन्तर्गत तीन जना भाग्यशाली उपभोक्ताले यामाहा मोटरसाइकल र स्कुटर जितेका छन्। अभियानमार्फत धादिङका सञ्जोग रिमाल र नेपालगञ्जका कुमार राजले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्।
दसैँको उत्सवलाई थप रोमाञ्चक बनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा MAX TIGER ENERGY DRINK का उपभोक्ताले आकर्षक पुरस्कार जित्ने अवसर पाएका छन्। सार्वजनिक विवरणअनुसार तीन जना विजेताले मोटरसाइकल र स्कुटर जितिसकेका छन्।
धादिङका सञ्जोग रिमाल र नेपालगञ्जका कुमार राजले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका हुन्। त्यसैगरी, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर आफ्नो नाममा पारेका छन्। कम्पनीका अनुसार ‘Energized Dashain Dhamaka 2026’ अभियान अझै जारी छ। MAX TIGER ENERGY DRINK को प्रत्येक क्यानसँग जोडिएको सरप्राइजमार्फत उपभोक्ताले पुरस्कार जित्ने अवसर पाउन सक्नेछन्।
दसैँको समयमा उपभोक्तालाई उत्सवसँगै पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्यसहित ल्याइएको अभियानमा सहभागी हुन इच्छुक उपभोक्ताले अभियानका सर्त तथा पुरस्कारसम्बन्धी विवरण बुझेर सहभागी हुन सक्नेछन्।










