काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। ह्याम्स अस्पतालमा फोक्सोको उपचार गराइरहेका उनको निधन भएको हो।

लम्साल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति हुन्। उनका दुई छोरा, दुई छोरी र श्रीमती छन्।

ADVERTISEMENT

नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले लम्सालको निधनप्रति दुःख व्यक्त गरेका छन्। दाहालका अनुसार लम्साल नेपाली पत्रकारितामा ५० वर्षभन्दा बढी समयदेखि सक्रिय थिए।

ADVERTISEMENT

लम्सालले ‘राष्ट्रवाणी’ साप्ताहिकको सम्पादकीय नेतृत्वसमेत गरेका थिए।