काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा कर प्रयोजनार्थको रकमसमेत समावेश छ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।








