काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी ५ अर्ब रुपैयाँको आधारमा १०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

साथै, उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् सेयरधनीहरुले पाउने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT