काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको छ ।

उक्त निर्णय नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउँने एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।

ADVERTISEMENT

 

ADVERTISEMENT