काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले छैटौँ विकेट गुमाएको छ।

गत संस्करणको उपविजेता सुदूरपश्चिमले ५६ रन बनाउँदा छैटौँ विकेटका रूपमा शेरफन रदरफोर्डलाई गुमाएको हो। लुम्बिनी लायन्सका बलर शेर मल्लले ९.२ ओभरमा रदरफोर्डलाई आउट गरेका हुन्।

ADVERTISEMENT

ठूलो सट खेल्ने प्रयासमा रदरफोर्डले प्रहार गरेको बल माथि उठेपछि लङअनमा रहेका आसिफ शेखले क्याच लिए। लगातार विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा परेको छ।

ADVERTISEMENT