काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापाले सर्वाधिक मत प्राप्त गरेकी छन् ।
निर्वाचन समितिका अनुसार कांग्रेस संसदीय दलकी प्रमुख सचेतक थापा महिलातर्फ खुला केन्द्रीय सदस्यमा पहिलो नम्बरमा निर्वाचित भएकी हुन् । यस समूहबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
महाधिवेशनस्थलबाट ठगीको आरोपमा पक्राउ परेकी विनिता खड्का पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी सातौँ स्थानमा रहेकी हुन् । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी खड्का पुनः निर्वाचित भएकी हुन् ।
केन्द्रीय सदस्यमा थापा र खड्कासँगै सांसद उर्मिला थपलिया, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी र पूर्वसांसद कुसुमदेवी थापा निर्वाचित भएका छन् ।
त्यस्तै धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), रिता थापा मगर, कल्पना तिवारी, गंगा दाहाल र कान्तिका सेजुवाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।









