काठमाडौं । चलचित्र ‘कबड्डी–५’ को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार ‘थाक खोला’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा कालीप्रसाद बास्कोटाको स्वर छ । शब्द तथा संगीत पनि उनकै छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ छन् । भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको प्रेम र सम्बन्ध पाटोलाई देखाइएको छ ।

ADVERTISEMENT

निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक ६ गते रिलिज हुँदै छ । चलचित्रमा दयाहाङ, मिरुना, रिश्मा र सिर्जनासँगै विजय बराल र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

ADVERTISEMENT