काठमाडौं । चलचित्र ‘१२ गाउँ २’ को गीत ‘रेशमी रुमाल’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ । डी.पी. खनालको शब्दरचना रहेको गीतमा देवेन्द्र बरालको संगीत छ ।

युगल जोडीको प्रेमलाई केन्द्रमा राखेको गीतले युवायुवतीबीचको प्रेम उजागर गरेको छ । इसाराले बोलाउने युवक र त्यसलाई नबुझ्ने युवतीको कथा गीतमा छ । एकले अर्काको तारिफ गर्ने युवक र युवतीबीचको आकर्षण प्रेममा परिणत भएको गीतमा उल्लेख छ ।

ADVERTISEMENT

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारत्रय विराज भट्ट र वर्षा इटानीको नृत्य छ । विराज भट्टको निर्देशन रहेको एक्सन सिनेमा ‘१२ गाउँ २’ विराज र समीर भट्ट मुख्य भूमिकामा छन् ।

ADVERTISEMENT

सिनेमाको कथा सन्तोष सरकारले लेखेका छन् । छायांकन महेश पौडेलले गरेका छन् । यो चलचित्र आगामी असोज ३० गतेबाट प्रदर्शन हुँदै छ ।चलचित्रमा विराज, समीर र वर्षासँगै कृशु शाही, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेललगायत कलाकारको अभिनय रहेको छ ।

सिनेमामा बन्दे प्रसादको सम्पादन छ ।

ADVERTISEMENT