काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘१२ गाउँ २’ को टिजर सार्वजनिक भएको छ।
टिजरमा विराज भट्ट र समीर भट्टको धमाकेदार एक्सन अवतार छ।
टिजरभरि एक्सनप्रधान दृश्यले स्पेस पाएको छ।
भ्वाइसओभरसँगै सुरु हुने टिजरमा भ्वाइसओभरकै माध्यमबाट फिल्मका दुई प्रमुख पात्र (विराज र समीर) लाई पछ्याउँछ।
अन्तिमको भ्वाइसओभरले थप जिज्ञासा पैदा गर्छ।
भ्वाइसओभरमा भनिन्छ, ‘जब दुई शक्ति आमनेसामने हुन्छन्, फैसला युद्धले होइन, एउटाको अन्त्यले गर्छ।’
यही भ्वाइसओभरसँगै टिजर सकिन्छ। टिजर हेर्दा उनीहरू आमनेसामने भएको देखाइएको छ। तीव्र टकराब हुनुको कारण भने टिजरमा खुलाएको छैन।
विराजकै निर्देशन रहेको यो फिल्म दसैँको अवसरमा असोज ३० देखि प्रदर्शन हुँदै छ।
फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ।
फिल्ममा विराज र समिरसहित अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहितसिंह ठकुरी, पूर्णबहादुर गन्धर्वलगायतले अभिनय गरेका छन्।
यो फिल्म तीनवर्ष अघि प्रदर्शन भएको हिट फिल्म ‘१२ गाउँ’ को दोस्रो भाग हो।
हेर्नुहोस् टिजर







