काठमाडौँ । देशका केही स्थानमा सुरु भएको वर्षा शुक्रबारसम्म रहने र शनिबारदेखि मौसममा क्रमशः सुधार आउने भएको छ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश स्थानमा वर्षा भइरहेको छ।

ADVERTISEMENT

उनका अनुसार शुक्रबार दिउँसोसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। त्यसपछि शनिबारदेखि मौसममा क्रमशः सुधार आउने पूर्वानुमान गरिएको छ।

ADVERTISEMENT

आज पनि देशका विभिन्न स्थानमा वर्षा भएको विभागले जनाएको छ।