काठमाडौँ । हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हुरी र असिनासहित वर्षा भइरहेको छ । वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार बिहान ११ः३५ बजे जारी गरेको सूचनाअनुसार काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षा भइरहेको छ ।

ADVERTISEMENT

महाशाखाले थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

ADVERTISEMENT

यसैबीच, पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा मापन भएको छ । उक्त केन्द्रमा एक घण्टामा ५८.२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

सामान्यतया २४ घण्टाको अवधिमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएमा भारी वर्षा मानिन्छ । तर अर्घाखाँचीको सिमलपानीमा एक घण्टामै ५८.२ मिलिमिटर वर्षा भएको हो ।

ADVERTISEMENT

वर्षासँगै चट्याङ, हावाहुरी र असिनाको सम्भावना रहेकाले मौसम प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।