काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

यस्तै, भोलि देशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार भोलिसम्म केही स्थानमा मात्र भारी वर्षाको सम्भावना रहे पनि अधिकांश क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना कम छ। पछिल्ला दिनहरूमा देशभर भारी वर्षा हुने क्रम बिस्तारै घट्दै गएको महाशाखाले जनाएको छ।

ADVERTISEMENT