काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ ।
१५औँ महाधिवेशनअन्तर्गत २२ असोजमा हुने निर्वाचनका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार सभापतिका लागि सबैभन्दा पहिले नेता श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि मंगलबार बेलुका करिब साढे ६ बजे गगनकुमार थापाले उम्मेदवारी दर्ता गराए ।
थापापछि नेता किशोरसिंह राठौरले सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् ।
राठौर १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए ।







