काठमाडौँ । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला परेको छ।

हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले बिहीबार थप चार शव फेला पारेको जनाएको छ। पासाङकाजी शेर्पाको नेतृत्वमा अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारलाई निरन्तरता दिएको थियो।

ADVERTISEMENT

एसोसिएसनका अनुसार थप चार शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ। ९ असोजदेखि प्रतिकूल बनेको मौसमका कारण हिमलुङ हिमालमा हिमपहिरो गएको थियो।

ADVERTISEMENT

हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएका थिए। तीमध्ये अहिलेसम्म ११ जनाको शव फेला परेको छ भने अझै पाँच जना बेपत्ता छन्।