काठमाडौँ।  मनाङको चामेमा पहिरो खसेपछि मर्स्याङ्दी नदीको बहाव रोकिएको छ। स्थानीय ठाडो खोलाबाट लेदोसहित आएको पहिरो नदीमा खसेपछि पानी थुनिन थालेको हो।

बहाव रोकिएसँगै मर्स्याङ्दीमा पानी जमेर ताल बन्न थालेको छ। पानीको सतह बढ्दै गएपछि स्थानीयस्तरमा साइरन बजाएर सर्वसाधारणलाई सम्भावित जोखिमबारे सचेत गराइएको छ।

ADVERTISEMENT

नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रशासनले घटनास्थलको अवस्था निगरानी गरिरहेको र जोखिम बढे आवश्यक सुरक्षा तथा उद्धारका कदम चालिने जनाएको छ।

ADVERTISEMENT