काठमाडौँ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन्।

मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले जबरालाई प्रहरीले ‘रेस्क्यु’ गरेको जिकिर गरेका हुन्।

ADVERTISEMENT

उनले जबरालाई नियन्त्रणमा लिइएको नभई सुरक्षा अवस्थालाई ध्यानमा राखेर प्रहरीले उद्धार गरेको दाबी गरे।

ADVERTISEMENT