काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ।

रास्वपा संसदीय दलका उपनेता पराजुलीको उम्मेदवारीमा नेपाली कांग्रेसका सांसद मोहन आचार्य प्रस्तावक रहेका छन्। उनको उम्मेदवारीलाई संसद्मा रहेका अन्य दलका सांसदले पनि समर्थन गरेका छन्।

ADVERTISEMENT

समर्थकमा नेकपा (एमाले)का पुष्पराज कँडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रमेश मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा र रास्वपाकी निशा डाँगी छन्।

ADVERTISEMENT

असोज ५ गते गठन भएको समितिको सभापति चयनका लागि बुधबार असोज १४ गते निर्वाचन तय गरिएको छ। पराजुलीको एकल उम्मेदवारी रहेकाले उनको सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा बुधबार नै गरिनेछ।

समितिले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली क्षेत्रमा भएको विपद्सम्बन्धी विषयमा काम गर्नेछ।

ADVERTISEMENT