बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही पुगेकी छिन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न उनी रुपन्देही पुगेकी हुन् ।

प्रतियोगिता सोमबारदेखि सुरु भए पनि मौसमका कारण भण्डारी समयमै बुटवल आउन नसकेपछि उद्घाटन कार्यक्रम आजका लागि सारिएको हो । उनी सोमबार राति रुपन्देही पुगेकी थिइन् ।

ADVERTISEMENT

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार भण्डारीले आज दिउँसो १ बजे प्रतियोगिताको औपचारिक उद्घाटन गर्नेछिन् । त्यसअघि उनले एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

ADVERTISEMENT

उद्घाटनपछि भण्डारी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको गैरेले बताएका छन् ।