बुटवल । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शनिबार राति आएको बाढीले २ वटा पक्की र ४ वटा कच्ची घर बगाएको हो।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार तिनाउ नदीमा आएको बाढीका कारण टप मझुवा क्षेत्रमा रहेका ती घर बगेका हुन्।

ADVERTISEMENT

लगातारको वर्षाका कारण तिनाउ नदी तथा आसपासका खोलामा जलस्तर बढेपछि बुटवलका तटीय क्षेत्रमा बाढीको जोखिम बढेको थियो।

जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT