काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।

मन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ ७ बजे कतारको राजधानी दोहातर्फ प्रस्थान गरेका हुन्। उनको सचिवालयका अनुसार प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा सहसचिव अमृत लम्साल पनि सहभागी छन्।

ADVERTISEMENT

बैठकका क्रममा मन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउने कार्यक्रम छ। सो क्रममा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे छलफल गर्नेछन्।

ADVERTISEMENT

भ्रमणका क्रममा मन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

मन्त्री वाग्ले भ्रमण सम्पन्न गरी असोज १४ गते बुधबार स्वदेश फर्किनेछन्।

ADVERTISEMENT