रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा पहिरोमा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट पहिरो खस्दा कमलबहादुर पुन मगरको घरसहित ६ वटा घर तथा गोठ पुरिएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ADVERTISEMENT

पहिरोमा परी ६० वर्षीय कमलबहादुर पुन मगर र १८ वर्षीया शान्ती पुन मगरको मृत्यु भएको छ । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् ।

ADVERTISEMENT

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी प्राथमिक उपचार भइरहेको छ । उनीहरूलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा अन्य व्यक्ति पनि पुरिएको हुनसक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

ADVERTISEMENT