काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले बैँकलाई सोमबार आईपीओ निष्कासनको अनुमति दिएको हो ।
बैँकले प्रतिकित्ता एक सय रुपैयाँका दरले १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।









