काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आज अर्थात मंसिर २५ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरण वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने धितोपत्र बोर्डकाट अनुमति पाएको थियो ।

ADVERTISEMENT

जसमध्ये १० प्रतिशतले हुन आउने रकमको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

ADVERTISEMENT

आईपीओ मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस १० गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

ADVERTISEMENT