काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा विज्ञहरूको टोलीसहित आज रसुवा जाने भएका छन्।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत वितरणको अवस्था बुझ्न थापा रसुवा जान लागेका हुन्।

ADVERTISEMENT

थापा यसअघि बाढी प्रभावित नुवाकोट पुगेर फर्किएका थिए। अब रसुवामा पुगेर प्रभावित क्षेत्रको स्थलगत अवस्था, उद्धार कार्य तथा राहत वितरणबारे जानकारी लिने बताइएको छ।

ADVERTISEMENT

थापाको टोलीले स्थानीय प्रभावित नागरिक तथा उद्धारमा खटिएका निकायसँग समेत छलफल गर्ने तयारी गरेको छ।