संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ ।

मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

ADVERTISEMENT

प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार गएराति ७ बजे शिक्षक राई माथि गोली प्रहारबाट हत्या भएको हो । गोली प्रहारबाट शिक्षक राईको देब्रे कोखमा रगत बगेको देखिएको छ ।

ADVERTISEMENT

कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई गएराति खाना खाएर हात धुन बाहिर निस्किएपछि बरुवा बन्दक प्रहार भएको थियो ।बन्दुकको आवाजसँगै उनी ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विद्यालय नजिकैबाट शिक्षक माथि गोली प्रहार देखिएको छ । शिक्षक राईमाथि भरुवा बन्दुकको गोली प्रहार भएको घटनाको कसले के कारण हानेको थियो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्याल सहितको टोली इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटना स्थल तर्फ लागेको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दुरीमा पर्दछ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।