काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिसहरू सकुशल रहेका उद्धार गरिएका सञ्जय साहले बताएका छन्।
केहीबेरअघि मात्रै उद्धार कर्ताले १० दिनपछि साहसहित कविर महर्जनको सकुशल उद्धार गरेका थिए।
उद्धारपछि बाहिर निकालिएका साहले सुरुङभित्र फसेका सबै मानिस सकुशल रहेको जानकारी दिएका हुन्।
सञ्जय शाह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर हुन्।
शाह र महर्जनलाई उपचारका निम्ति हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी हुँदैछ।






