काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, निर्देशक हेमन्त नहता र प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले उक्त १ करोड रुपैयाँको सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यस सहयोगले उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा टेवा पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।





