सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SJLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीका आधारमा उक्त दरमा लाभांश प्रस्ताव गरेको हो।सो सम्बन्धी निर्णय इन्स्योरेन्सको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।




