काठमाडौं । हालैको प्राकृतिक विपद्बाट केही क्षेत्र प्रभावित भए पनि नेपालका अधिकांश भूभागमा जनजीवन सामान्य रूपमा सञ्चालन भइरहेको सरकारले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार नेपालका अधिकांश स्थानमा नियमित गतिविधि सञ्चालन भइरहेको जनाउँदै नेपाल भ्रमणका लागि खुला रहेको सन्देश दिएको हो।

ADVERTISEMENT

मन्त्रालयले विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ।

ADVERTISEMENT

पर्यटन क्षेत्रलाई चलायमान राख्न सरकारले पर्यटक तथा अन्तर्राष्ट्रिय समुदायलाई सुरक्षित र खुला रहेका गन्तव्यमा भ्रमण गर्न आग्रह गरेको छ। पर्यटन गतिविधिले प्रभावित समुदायको स्थानीय रोजगारी, व्यवसाय तथा जीविकोपार्जनमा समेत सहयोग पुग्ने मन्त्रालयको भनाइ छ।

पर्यटकलाई आवश्यक सूचना तथा सहायता उपलब्ध गराउन मन्त्रालयमा क्विक रेस्पोन्स टिम सञ्चालनमा ल्याइएको छ। नेपाल पर्यटन बोर्डमा पर्यटन विभाग, पर्यटक प्रहरी तथा निजी क्षेत्रसँगको समन्वयमा पर्यटक सूचना डेस्कसमेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

ADVERTISEMENT