काठमाडौं । सरकारले विभिन्न २० ठूला करदातामाथि छानबिन गर्ने भएको छ । आन्तरिक राजस्व विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय कोटेश्वर, काठमाडौं र ललितपुर २ ले २० करदातामाथि कर परीक्षण तथा अनुसन्धान गर्न लागेको हो ।

आन्तरिक राजश्व कार्यालयले विभिन्न २० करदातालाई १५ दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ । आयकर ऐन २०५८ लगायतका कानुनी प्रावधानअनुसार पटकपटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएका तथा कारोबार स्थल फेला नपरेका करदातामाथि कार्यालयले अनुसन्धान गर्न लागेको जनाएको छ ।

ADVERTISEMENT

१५ दिनभित्र सम्बन्धित प्रोप्राइटर, सञ्चालक, साझेदार वा अधिकृत प्रतिनिधिले आय वर्षसँग सम्बन्धित सम्पूर्ण कारोबार विवरणसहित कार्यालयमा उपस्थित हुनुपर्ने जनाइएको छ । समय सीमाभित्र कागजात पेस नगरेमा कार्यालयमा उपलब्ध तथ्यांक तथा सूचनाका आधारमा कर निर्धारण गरिने चेतावनीसमेत दिइएको छ ।

ADVERTISEMENT

अनुसन्धान गर्न लागिएका करदातामा युनिसा हब ट्रेड प्रालि, टेलिफोनिक ट्रेड प्रालि, मकालु काष्ठ उद्योग प्रालि, सक्षम मार्केटिङ प्रालि, म्याक्स नेट सोलुसन्स प्रालि, सिद्धि सिनर्जी कन्स्ट्रक्सन कम्पनी प्रालि, अयोको सिम्बोल इरेक्टर्स नेपाल प्रालि र एस एण्ड डी सप्लायर्स छन् । त्यस्तै मालिका इन्कर्पोरेट प्रालि, भ्याली रिकेश सप्लायर्स, सम्पन्न ट्रेड कन्सर्न प्रालि, रिहाना इन्टरप्राइजेज, लक्ष्मीपूजा ट्रेडिङ, पीआर ट्रेडर्स, रिजन एण्ड रोनिश ट्रेड लिंक र बीएस बानिया स्टोर छन् ।

आन्तरिक राजस्व कार्यालय, ललितपुरले एसके इण्डष्ट्रिज, एसके ट्रेडर्स, माता चुनदेवी कन्स्ट्रक्सन प्रालि र वृषभ ट्रेड इन्टरनेशनल प्रालिलाई कागजात पेस गर्न भनेको छ ।

ADVERTISEMENT