काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३५ पुगेको छ।
प्रहरी प्रधान कार्यालयको पछिल्लो विवरणअनुसार हालसम्म दुई हजार ७ सय १५ जनाको उद्धार गरिएको छ।
८ वटा जिल्लाबाट ७ सय ३५ जनाको शव फेला परेको हो।
रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका छन्।







